शुक्रवार, आश्विन ३० गते २०८३

एनआरएनएमा आमूल परिवर्तन र विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेशमै उद्यमी बनाउने मेरो उद्देश्य: आरके शर्मा

बुधवार , आश्विन ३, २०८०

युएसए। गैर आवासीय नेपाली संघ(एनआरएनए) को आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके) ले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन्।

एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनीहरूको आर्थिक अवस्था उन्नत गर्न सामूहिक नेपाल सरकारलाई ग्यारेन्टी हुनेगरि लगानी गरेर उनीहरूको आर्थिक अवस्था र भविष्यको सुनिश्चितता गर्ने बताए । 

अहिलेसम्म विदेशमा मेहनत गरेर केही व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धि भएको बताउँदै उनले भने, ‘विदेशमा रहेका लाखौं नेपाली दाजुभाई दिदीबहिनीलाई सके उद्यमी बनाउने नसके उनीहरूको आर्थिक अवस्था उनीहरूले नै दुख गरेर कमाएको रकमबाट आर्थिक अबस्था समुन्नत गराउन सामूहिक लगानी र प्राधिकरणमार्फत सरकारलाई ग्यारेन्टी राखेर सरकारलाई पनि फाइदा पुग्ने र उनीहरूको भविष्य सुरक्षित  रहने गरि योजना बनाउन ढिला भैसकेको छ, अबको पहिलो आवश्यकता नै यही हो ।‘ 

वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आगामी अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारीमा दिएका हुन । जापान,कोरिया,हङकङ, क्यानडापछि युएसएको स्थलगत भेटघाट कार्यक्रममा पुगेका शर्माले भ्रमणबाट आफू एकदम उत्साहित भएको बताए ।

उनले आफ्नो नेतृत्वलाई विश्वले स्विकारेकाले आफ्नो जित सुनिश्चित भएको जनाउदै आफू यस अभियानमा आमूल परिवर्तन गराउने ऊद्देश्य बोकेर आएकाले आफ्नो अभियानलाई समर्थन गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरू र अभियन्ताहरूलाई अनुरोध गरेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार