शुक्रवार, आश्विन ३० गते २०८३

मण्डनदेउपुर नगरपालिकाले दियो थकान बिदा !

बिहिवार , आश्विन ४, २०८०

काभ्रेपलाञ्चोक । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिईएको छ । 

संबिधान दिबसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भबनवाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिईएको हो । 

‘बिगत तीन दिन देखी लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ। 

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार