शुक्रवार, आश्विन ३० गते २०८३

डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार, ३ पक्राउ

बिहिवार , आश्विन ४, २०८०

डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।

भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई प्रहरीले पक्राउ गरेकाे हाे।१८ वर्षीय किशोर फरार रहेका छन्।

कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ।

त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेकोे उनीहरुमाथि उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको प्रहरीले तीव्र खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार