बुधवार, आश्विन १४ गते २०८३

काभा भलिबलः नेपालले पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने

बुधवार , आश्विन १७, २०८०

श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।

श्रीलंकाले अक्टोबर ९ देखि १५ तारिखसम्म प्रतियोगिता आयोजना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल अक्टोबर ९ मा हुने तालिका रहेको छ ।

नेपालले दोस्रो खेल आयोजक श्रीलंकासँग अक्टोबर १०, तेस्रो खेल अफगानिस्तानसँग अक्टोबर ११, चौँथो खेल साउदी अरेबियासँग अक्टोबर १२ तथा अन्तिम खेल उज्बेकिस्तानसँग अक्टोबर १३ मा खेल्नेछ ।

अक्टोबर १५ मा शीर्ष चार स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार