बुधवार, आश्विन १४ गते २०८३

यी हुन इजरायल आक्रमणमा ज्यान गुमाउने १० नेपाली

आइतवार , आश्विन २१, २०८०

काठमाण्डु- इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणमा परि कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार