काठमाडाैं। काठमाडौंमा जारी बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय कराते प्रतियोगितामा सुदूरपश्चिमका आशिष धामीले रजत पदक जितेका छन्।
८४ किलो तौल समूहको फाइनलमा कञ्चनपुरका धामी गण्डकी प्रदेशसँग २-३ ले पराजित भएका हुन्। योसँगै उनले रजतमै चित्त बुझाउनुपरेको हो।
नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा प्रतियोगिता असोज २० देखि २३ गतेसम्म काठमाडौंमा जारी छ।
धामीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियाेगिताहरुमा सहभागिता जनाएर पदक हात पारिसकेका छन्। यसअघि उनले काेरिया र मलेसियामा भएकाे प्रतियाेगितामा समेत काश्य पदक जितेका थिए। सुदूरपश्चिमका उदयमान खेलाडीका रुपमा रहेका धामीलाई प्रदेश र जिल्ला तहबाट सहयोग भए ठूलाे सम्भावना रहेकाे समर्थकहरुले बताएका छन्।