आइतवार, कार्तिक ९ गते २०८३

पहिरोले कर्णाली राजमार्ग अबरुद्ध, सवारी साधन अलपत्र 

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।  आइतबार बिहान करिब १० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जनाइएको छ ।

राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्ज आउने र सुर्खेतबाट जुम्ला जाने मालबाहक सामान बोकेका ट्रक तथा यात्रु बोकेका सवारी साधन अलपत्र परेका छन् । पहिरोले अवरुद्ध सडक खुलाउन प्रयास भैरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार