काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ ।
साथै ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।