बुधवार, आश्विन १४ गते २०८३

स्पेनिस ला लिगा: घरेलु मैदानमै बार्सिलोना पराजित

आइतवार , कार्तिक १२, २०८०

स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल मड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई हराएको छ । गएराति भएको खेलमा बार्सिलोनाको घरेलु मैदानमा रियलले २-१ को जीत निकालेको हो ।

रियलका लागि बेलिङ्घमले दुई गोल गरे । बेलिङ्घमले खेलको ६८औं मिनेटमा र इन्जुरी समयमा गोल गरेका हुन् । 

बार्सिलोनाका इल्काए गुन्डोगन एक गोल गरे । गुन्डोगनले खेलको छैटौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।  जितसँगै रियल शीर्षस्थानमा उक्लिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार