बुधवार, आश्विन १४ गते २०८३

नेपाललाई सिंगापुरको मध्यम लक्ष्य

सोमवार , कार्तिक १३, २०८०

आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।त्रिवि मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको छ । 

सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाए । मनप्रित सिंहले २४ रनको योगदान गर्दा आर्यवीर चौधरीले ३७ रन जोडे।

नेपालका लागि अविनाष बोहराले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई—दुई विकेट हात पारे ।

आजदेखि सुरु भएकाे प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग त्रिवि मैदानमा खेल्नेछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार