आइतवार, कार्तिक ९ गते २०८३

‘ह्यूमन मिल्क बैंक’ स्थापना गरिने

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरेको छ । 

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संचित गरेर राख्न सो बैंक स्थापना गर्न लागिएको अ आइतबार पत्रकार सम्मेलन गरी जनकारी गराइएको हो । 

शाखाले सो बैंकमा दूध राख्नका लागि करिव १ करोडको मेसिन खरिद गर्ने तयारी गरिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए । कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार