बुधवार, आश्विन १४ गते २०८३

डडेल्धुराको टी–१० क्रिकेटमा अर्जुनको रेकर्डः ३६ बलमा पुरा गरे शतक 

सोमवार , कार्तिक १३, २०८०

धर्मराज भट्ट, काठमाडौं। डडेल्धुराको भित्रिमधेश क्षेत्रको टी–१० क्रिकेटमा जोगबुडाका अर्जुन बि.कले रेकर्ड बनाएका छन् । शनिबारदेखि परशुराम नगरपालिका–१२ जोगबुडामा जारी खुला नगरस्तरीय क्रिकेट प्रतियोगितामा भएको खेलमा बिश्वकर्माले शतक प्रहार गरेका छन् । 

दलित परिवर्तन युवा समाज (डीपीवाईएस) र कटाल क्रिकेट क्लब (केकेसी)बीच भएको १० ओभरको खेलमा डीपीवाईएसका अर्जुनले ३६ बलमा अविजित १०१ रन बनाएका हुन्।

हालसम्म भित्रिमधेश क्षेत्रमा यो आंकडा १० ओभरको खेलमा कसैले पनि पु¥र्याएका थिएनन् । क्षमताको कदर गर्दै उनलाई दर्शकहरुले नै ३ हजार ५५५ पुरस्कार समेत प्रदान गरिएको प्लस पुनपुना क्लबका अध्यक्ष हिक्मत बहादुर साउँदले बताए । 

निम्न आयश्रोत भएको परिवारका बि.क क्रिकेट क्षेत्रमा मेहनति भएकाले थप हौसला दिए देशकै चम्किलो नक्षत्र बन्न सक्ने दलित परिवर्तन युवा समाजका अध्यक्ष बिरेन्द्र बि.कले बताएका छन्।

डीपीवाईएसले २  विकेट गुमाएर १२५ रन बनाएको खेल भने केकेसीले ८ विकेटले जितेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार