बुधवार, आश्विन १४ गते २०८३

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

बिहिवार , कार्तिक १६, २०८०

टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार