आइतवार, कार्तिक ९ गते २०८३

कर्णाली डुंगा दुर्घटनामा अपडेट : १ जनाको मृत्यु, ३ जना बेपत्ता

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता भएका छन् ।
डुङ्गा दुर्घटना हुँद वेपत्ता भएकी कैलालीको मोहन्याल गाउँपालिका-३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको हो ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी  रहेको जानकारी दिँदै घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले घटनास्थलदेखि तीन सय मिटर सलामीको शव फेला पारेका जानकारी दिए ।

कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवतीसहित तीनजना बेपत्ता भएका छन् । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

१० जना सवार रहेको डुंगा पल्टिँदा कर्णालीमा खसेका पाँच जनाको सकुशल उद्दार गरिएको छ । दुर्घटनामा एक जना घाइते भएकाा छन् । 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार