काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन दिइएको समय आज सकिँदै छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार उनीहरुलाई हस्तारक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए। ओलीले हस्ताक्षर फिर्ता नलिए उनीहरु एमालेको कार्यकर्ता नहुने बताएका थिए। त्यो समय आज साँझ ५ बजे सकिँदै छ।
यद्यपी नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने जनाइ सकेको छ । २३ निर्वतमान प्रतिनिधिसभाका सदस्यले हस्ताक्षर फिर्ता नलिए अब कस्तो कारबाही गर्छन भन्ने आज साँझ टुंगो लाग्ने छ।
अध्यक्ष ओलीले गएराति नै उपाध्यक्ष भीम रावललाई बालुवाटार बोलाएर वार्ता गरेपनि कुरा मिल्न सकेको छैन्।