आइतवार, कार्तिक ९ गते २०८३

दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर नेपाली नागरिकको हत्या गरेको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा आइतबार पाँच सदस्यीय एक समिति गठन गरेको हो । घटनाबारे सत्यतथ्य बुझेर १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई म्याद दिइएको छ । 

समितीमा  सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट सदस्य छन ।

शुक्रबार बिहान व्याँस गाउँपालिका-२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताउँदै आएका छन् । तर भारतिय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको दावी गरेको छ ।

darchula.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार