काठमाडौं । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा आयोजक भारतले नेदरल्यान्ड्सको सामना गर्दैछ।
सेमिफाइनल पुग्ने सबै टिमको टुंगो लागिसकेका कारण यो खेलले खासै अर्थ भने राख्ने छैन। समूहका लगातार आठ खेलमा जित दर्ता गरेको भारत आज नवौं जितको खोजीमा छ।
यता नेदरल्यान्ड्सको योजना पनि सबैभन्दा बलियो टोली भारतलाई हराउने लक्ष्य हुनेछ। तर प्रतियोगिताको सबैभन्दा कमजोर टोली नेदरल्यान्ड्सलाई त्यति सहज हुनेछैन । किनभने उसले पछिल्ला दुई खेलमा दुई सय रन पनि पुर्याउन सकेको छैन।
भारतीय बलरले भने यो विश्वकपमा लगातार सानदार प्रदर्शन गरिरहेका छन्। सबै खेलमा विपक्षीमाथि दबाब बनाएको भारत अब उपाधिबाट दुई जित मात्र टाढा छ। उसले आजको खेलमा हार ब्यहोरे पनि समूह विजेता बन्ने पक्का छ।