इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन्।
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४-४ को बराबरीमा सकिएको हो। बराबरी पछि सिटी १२ खेलमा २८ अंक सहित पहिलो स्थानमा यथावत छ। चेल्सी भने १२ खेलमा १६ अंक सहित १०औं स्थानमा छ।