बुधवार, आश्विन १४ गते २०८३

महिला टी-ट्वेन्टी सिरिजमा तान्जानियासँग नेपाल २७ रनले पराजित

बुधवार , कार्तिक २९, २०८०

चार देशीय टी–ट्वेन्टी सिरिजमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ। 

११६ रनको लक्ष्यसहित मैदानमा आएको नेपालले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि सिता रानामगरले ४३ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन। कप्तान इन्दू बर्माले १५ रन बनाइन भने चार खेलाडी शून्यमा पेभिलियन फर्किए। 

बलिङमा तान्जानियाकी सोफिया जेरुमले तीन तथा निमा पियुसले २ विकेट लिए।  

त्यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रनको योगफल बनाएको थियो। 

तान्जानियाकी हुडा ओमारीले सर्वाधिक २५ रन बनाइन्। अस्मिना कर्माचार्यको बलमा उनैले ओमारीलाई रनआउट गरिन्। यस्तै आइशा मोहमेदले २१, ओपनर साउम मतेले १६ रन बनाइन् । यस्तै कप्तान फतुमा किबासुले ११ रन जोड्दा मोनिका पास्कलले १० रन बनाइन्। 

नेपालका लागि संगीता राईले २ तथा पूजा महतो, रुबीना क्षेत्री र इन्दु बर्माले १-१ विकेट लिए । 

नेपालले दोस्रो खेल कात्तिक ३० गते जापानसँग खेल्नेछ। हङकङसँगको खेल भने मङ्सिर २ गते हुनेछ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल मङ्सिर ३ गते हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार