काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषशैक्षिक क्यालेन्डरमा चल्यो टीयू, स्थानक तह प्रथम वर्षको परीक्षा भदौमाद्को बुधबारको बैठकले विश्वविद्यालय अन्र्तगत संचालित बार्षिक तथा सेमेष्टर प्रणाली अन्र्तगतका स्नातक तह र सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर २०८० कार्यान्वयन गर्ने निणर्यानुसार क्यालेण्डर प्रकाशित गरेको हो ।
क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा २०८१ साल भदौ दोस्रो हप्ता हुनेछ । सेमेस्टर प्रणाली अन्तर्गतको स्नातक तहको पहिलो सेमेष्टरको परीक्षा २०८१ बैशाखमा हुनेछ भने स्नातकोत्तर तहको पहिलो सेमेस्टरको परीक्षा २०८१ असारमा हुनेछ । प्रथप वर्षपछिको भर्ना समय सम्बन्धित क्याम्पसबाट प्रकाशन गरिनेछ । भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्र्ततगत संचालित बार्षिक तथा सेमेष्टर प्रणालीका शैक्षिक क्यालेण्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमार्फत पनि हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।