बिहिवार, आश्विन १५ गते २०८३

अमेरिका र बेलायत भने: 'तेल ट्यांकरमा भएको आक्रमणमा इरानको हात छ'

सोमवार , श्रावण १८, २०७८

एजेन्सी । दुईजनाको ज्यान जाने गरि तेलको ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् । यसअघि इजरायलले इरानमाथि यस्तो आरोप लगाएको थियो ।

गएको बिहीबार भएको घटनामा चालकदलका दुईजनाको ज्यान गएको थियो । लण्डनमा रहेको कम्पनी जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट ९तेल बोक्ने पानी जहाज० मा भएको आक्रमणमा चालक दलका एक बेलायती र एक रोमानियन नागरिकको ज्यान गएको थियो । घटना अरबियन सागरको ओमन कोस्ट नजिक भएको हो ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले वक्तव्य जारी गरेर घटनामा इरानको संलग्नताको प्रमण रहेको बताएपछि अमेरिका र बेलायतको टिप्पणी आएको हो । त्यसअघि इजरायलका विदेश मन्त्री यायर लेपिडले शुक्रबार इरानमाथि आतंकवादको आरोप लगाएका थिए । इरान इजरायलका लागि मात्रै समस्या नभएर विश्वकै लागि रहेको र विश्व समुदाय चुप बस्न नहुने विदेश मन्त्री लेपिडले जारी गरेको वक्तव्यमा उल्लेख गरेका थिए ।

इरानले आफूमाथि लगाइएको आरोप आधार हिन रहेको बताउँदै आएको छ । बेलायती विदेश मन्त्री डोमिनिक राबले वक्तव्य जारी गरेर इरानले एक वा त्यो भन्दा बढि ड्रोनको प्रयोग गरि ट्यांकरमाथि आक्रमण गरेको हुन सक्ने उल्लेख गरेका छन् । इरानले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन गरेको उनको भनाई छ ।

यस्तै अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले पनि आक्रमणमा इरानको संलग्नता रहेमा अमेरिकालाई विश्वास रहेको बताएका छन् । घटनाको उपयुक्त जवाफ दिइने पनि उनले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार