बुधवार, आश्विन १४ गते २०८३

नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

बुधवार , फाल्गुण १६, २०८०

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८५ लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडे । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भए ।

बलिङममा नेपालका करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार