बुधवार, आश्विन १४ गते २०८३

स्पेनिस ला-लिगामा बार्सिलोनाको जित

आइतवार , चैत्र १८, २०८०

काठमाडौं । स्पेनिस ला-लिगामा बार्सिलोना विजयी भएको छ । १० खेलाडीमा सिमित लस पालमासमाथि १-० को जित निकाल्दै बार्सिलोना विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्साले दोश्रो हाफको ५९ औँ मिनेटमा राफिन्हाले जोआओ फेलिक्सको पासमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।

जितसँगै बार्सिलोनाले ३० खेलबाट ६७ अङ्क बटुलेको छ । शनिबारनै भएको ला-लिगाका अन्य खेलहरुमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो भने ओसासुनाले अल्मेरियामाथि ३–० को जित हासिल गर्‍यो । भ्यालेन्सिया भने मायोर्कासँग गोलरहित बराबरी मा रोकियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार