आइतवार, कार्तिक ९ गते २०८३

मेलम्ची आयोजना क्षेत्रको भौगर्भिक अध्ययन गरिदिन एडीबीलाई आग्रह

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले मेलम्ची आयोजनाको मुख्य बाँध भन्दा माथिको भौगर्भिक अध्ययन गर्न एडीबीलाई पत्राचार गरेको सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जानकारी गराइएको हो ।

अहिले मेलम्चीको हेडबक्स भन्दा माथिबाट लेदोसहितको बाढी आएको छ । यसबारे एडीबीलाई पनि पत्राचार गरेर दीर्घकालीन असरबारे अध्ययन गरे प्रतिवेदन तयार पारिदन भनिएको उनले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार