मंगलवार, आश्विन १३ गते २०८३

डर्टमन्डलाई हराउदैै एट्लेटिको अगाडि बढ्यो

बिहिवार , चैत्र २९, २०८०

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ। 

बुधबार राति भएको खेलमा एट्लेटिकोले २-१ गोलको जित निकालेको हो। 

खेलको चौथौं मिनेटमै एट्लेटिकोले घरेलु मैदानमा अग्रता लिन सफल भएको थियो। उसका लागि डि पलले गोल गरेका थिए। 

३२ मिनेटमा डियास लिनोले गोल गरेपछि एट्लेटिको पहिलो हाफमै २-० गोलले अघि रहेको थियो। 

खेलको ८१  मिनेटमा डर्टमन्डका लागि हलरले गोल गरेका थिए। 

अब दोस्रो लिग १६ अप्रिलमा डर्टमन्डको मैदानमा हुनेछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार