मंगलवार, आश्विन १३ गते २०८३

पिएसजीविरुद्ध बार्सिलोनाको सानदार जित

बिहिवार , चैत्र २९, २०८०

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेञ्च क्लब पिएसजीलाई पराजित गरेको छ। 

बुधबार राति भएको खेलमा बार्सिलोनाले ३-२ गोलको जित निकालेको हो। 

खेलको ३७ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

तर ४८ मिनेटमा पिएसजीका लागि डेम्बेलेले बराबरी गोल गर्न सफल भए। ५१ मिनेटम भिटिन्हाले गोल गरेपछि पिएसजीले खेलमा अग्रता लियो। 

६२ मिनेटमा राफिन्हाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो। ७७ मिनेटमा क्रिस्टिनसन अर्को गोल गरेपछि बार्सिलोना विजयी भयो। 

अब दोस्रो लेग अप्रिल १६ मा बार्सिलोनाको मैदानमा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार