आइतवार, कार्तिक ९ गते २०८३

मनसुनजन्य विपदबाट ६६ जनाको ज्यान गयो, ४० जना वेपत्ता

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । यो वर्षको मनसुनजन्य पिदका कारण हालसम्म ६६ जनाले ज्यान गुमाएका छन् । गत जेठ महिनायता मनसुनजन्य विपदमा परी ४० जना बेपत्ता हुनुको साथै ८१ जना घाइते भएको राष्ट्रियसभा बैठकमा जानकारी गराइएको हो । 

गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रियसभा बैठकमा प्रस्तुत गरेको तथ्याङ्क अनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएका छन् । बिभिन्न ४० जिल्लामा ६१९ घर पूर्णरुपमा र १६२ घर आंशिक रुपमा क्षति भएको मन्त्री खाँणले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार