काठमाडौं । प्रहरीले काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने कार्यमा संलग्न भएको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ । एक युवतीले जर्वजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा सुलिकोट गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया मुना, प्रिती आले मगर र झापा गौरादह नगरपालिका-५ घर भई नागार्जुन नगरपालिका-४ बस्ने ४२ वर्षीया बीना लिम्बु भन्ने ज्योती पोमुलाई पक्राउ गरेको हो ।
पिडित युवतिले आरापित २ जनाले पनि सोही पेश ागर्ने र आफुलाई पनि जवरजस्ती वेश्यावृतिमा लगाएको बताएकी छिन् । पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागी थुनामा राखिएको प्रहरीले जनाएको छ ।