मंगलवार, आश्विन १३ गते २०८३

पिएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा

बुधवार , बैशाख २६, २०८१

जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

सेमिफाइनलमा  फ्रेन्च क्लब पिएसजीलाई समग्रमा २-० गोलले पराजित गर्दै  डर्टमन्ड उपाधि नजिक पुगेको हो।

सेमिफाइनलको दोस्रो लेगमा डर्टमन्ड १-० गोलले विजयी भयो। पिएसजीको मैदानमा भएको खेलमा डर्टमन्डका लागि मार्ट हमल्सले ५० मिनेटमा निर्णायक गोल गरे।

यसअघि पहिलो लेगमा पनि डर्टमन्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको थियो।

घरेलु मैदानमा डर्टमन्डले  १-० गोलको जित निकालेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार