मंगलवार, आश्विन २० गते २०८३

ओलीलाई शेखरको जवाफ- राजाको धम्कीसँग नडराएको कांग्रेस तपाईंको धम्कीबाट पनि डराउँदैन

बिहिवार , जेठ ३, २०८१

काठमाडौं । नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको धम्कीबाट कांग्रेस नडराउने बताएका छन्।

हिजो बसेको संसदीय दलको बैठकमा बोल्दै एमालेका सन्दर्भमा बोल्दा विचार पुर्याउन भन्दै कांग्रेसका नेताहरुलाई चेतावनी दिएका थिए।

त्यसको जवाफ दिँदै नेता कोइरालाले प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै ओलीलाई लक्षित गर्दै भने, ‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो। कुनै राजनीतिक दलबाट कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ। राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौं।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानविन गर्नको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले अडान लिएपछि एमालेसँग टकराब बढेको छ। सरकार गृहमन्त्रीमाथि छानविन समिति बनाउने पक्षमा छैन। यो विषयमा कुरा नमिल्दा संघीय सदनका दुवै बैठक प्रभावित बनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार