सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा ३१२५ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण ९ हजार ८९८ जनाको मृत्यु भएको छ । 

सोही अवधीमा १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २८ हजार ४०५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार २२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६९० जनाको आईसीयू र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार