मंगलवार, आश्विन १३ गते २०८३

डर्टमण्डलाई हराउँदै रियल मड्रिडले १५औं पटक जित्यो च्याम्पियन्स लिग

आइतवार , जेठ २०, २०८१

काठमाडौं । स्पेनिस च्याम्पियन टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डनस्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

कार्भाजालले ७४ औं र जुनियरले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार