मंगलवार, आश्विन १३ गते २०८३

टी-२० विश्वकप : भारतले पाकिस्तानलाई ६ रनले हरायो

सोमवार , जेठ २८, २०८१

काठमाडौं । टी-२० विश्वकप अन्तरगत आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ ।

१२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका मोहम्मद रिजवानले ३१ रन बनाएका थिए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले १० रन बनाए ।

भारतका लागि जस्प्रित बुमराहले ३, हार्दिक पान्ड्याले २ विकेट र अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले अलआउट हुनुपूर्व १९ ओभरमा ११९ रनमा मात्रै बनाउन सकेको थियो ।

भारतका विकेटकिपर ऋषभ पन्तले ४२, रोहित शर्माले १३, विराट कोहलीले ४, अक्षर पटेलले २०, सूर्यकुमार यादव र हार्दिक पान्ड्याले ७–७ रन बनाएका थिए ।

पाकिस्तानका नसिम साहले ३, हरिस रौफले ३ र मोहम्मद आमिरले २ विकेट लिएका थिए ।

आइतबार राति नै भएको विश्वकपको अर्को खेलमा स्कटल्याण्डले ओमानविरुद्ध ७ विकेटको सहज जित निकालेको छ । १५१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १३ दशमलव १ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार