काठमाडौं । वेस्ट इण्डिज आइसिसी टी२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ।
बिहीबार बिहान न्युजिल्याण्डलाई पराजित गर्दै समूह चरणको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले अन्तिम आठमा स्थान पक्का गरेको हो।
वेस्ट इण्डिजले लगातार तेस्रो जित निकाल्ने क्रममा न्युजिल्याण्ड १३ रनले पराजित भयो।
वेस्ट इण्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो।
त्यस क्रममा ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए। उनले ३३ बलमा ३ चौका र २ छक्का हाने।
ओपनर फिन एलेनले २३ बलमा ३ चौका र १ छक्का हानेर २६ रन जोडे।
मिचेल सान्टनर १२ बलमा ३ छक्का प्रहार गरी २१ रन बनाएर नट आउट रहे। अन्य ब्याटरले सन्तोषपूर्ण प्रदर्शन गर्न सकेनन्।
कप्तान केन विलियमसन १ रनमै आउट हुँदा ओपनर डेभन कनवे ५ रनमा, ट्रेन्ट बोल्ट ७ रनमा, रचिन रविन्द्र १० रनमा, ड्यारिल मिचेल १२ रनमा, जेम्स निशम १० रनमा आउट भए।