मंगलवार, आश्विन १३ गते २०८३

टी-२० विश्वकपः ओमानसगं इंग्ल्याण्डलको शानदार जित

शुक्रवार , आषाढ १, २०८१

काठमाडौं । आइसिसी टी-२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई १९ बल खेलेर जितेको छ।

शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्ड्ले ओमानलाई १९ बल खेल्दै ८ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले बलिङ रोजेको इंग्ल्याण्डले ओमानलाई ४७ रनमा अल आउट गर्‍यो।

इंग्ल्याण्डका अदिल रसिदले ४ विकेट तथा मार्क वुड र जोफ्रा आर्चरले ३/३ विकेट लिए।

१३.२ ओभरमा अल आउट भएको ओमानका लागि शोइब खानले बनाएर ११ रन सर्वाधिक रह्यो।

प्रतिक अथभेल ५ रनमा, काश्यप प्रजापति ९ रनमा, कप्तान अकिब इलियास ८ रनमा, जीशन मक्सुद, आयान खान र खालिद केइल १/१ रनमा, मेहरान खान शून्यमा र कलीमउल्लाह ५ रनमा आउट भएका थिए।

४८ रनको लक्ष्य प्राप्त गरेको खेलमा इंग्ल्याण्डका कप्तान जोश बट्लरले ८ बलमा ४ चौका र १ छक्का प्रहार गरी २४ रन बनाएर नट आउट रहे।

फिल सल्टले २ छक्का प्रहार गरी १२ रन बनाएर तेस्रो बलमा आउट भएका थिए।

विल ज्याक्सले ७ बल खेलेर १ चौका प्रहार गरी ५ रन जोडेका थिए। जोनी बैर्स्टोले २ चौका प्रहार गरी ८ रन बनाएका थिए।

इंग्ल्याण्डले ओमानलाई पराजित गर्ने क्रममा टी-20 विश्वकपमा सबैभन्दा छिटो जित्ने कीर्तिमान राखेको छ।

समूह बी मा रहेको इंग्ल्याण्ड  अन्तिम ८ का लागि संघर्षरत छ।

तीन खेल खेलेको अष्ट्रेलिया तीनै खेलमा जित निकाल्दै ६ अंक बनाएर शीर्ष स्थानमा छ।

स्कटल्याण्डको पाँच अक छ भने इंगल्याण्डको ३ अंक छ।

स्कटल्याण्डले अष्ट्रेलियासँग र इंग्ल्याण्डले नामिबियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

इंगल्याण्डले अन्तिम आठमा स्थान बनाउन नामिबियालाई हराएर पुग्दैन। स्कटल्याण्ड अष्ट्रेलियासँग पराजित पनि हुनुपर्छ।

त्यसो नभए इंग्ल्याण्ड टी-२० विश्वकपबाट बाहिरिने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार