मंगलवार, आश्विन १३ गते २०८३

सर्बियालाई हराउदै इङल्याण्डको जित

सोमवार , आषाढ ४, २०८१

काठमाडौँ । इङल्याण्डले युरोकपमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले सर्बियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डको जितमा खेलको १३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

समुह सी मा रहेको इङल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब इङल्याण्डले अर्को खेल जुन २० मा डेनमार्कविरुद्ध खेल्ने छ भने सर्बियाले जुन २० मै स्लोभेनियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार