मंगलवार, आश्विन १३ गते २०८३

युरोकपमा फ्रान्सको विजयी शुरुवात

मंगलवार , आषाढ ५, २०८१

काठमाडौँ । फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार