काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले विभिन्न विभाग गठन गरेको हो । जसमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख रहने गरी स्कुल विभाग गठन गरिएको छ ।
त्यस्तै उपमहासचिव विष्णु पौडेल प्रमुख रहेको संगठन विभाग, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रमुख रहेको संसदीय विभाग गठन गरिएको छ । त्यसैगरी स्थायी कमिटी सदस्य विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभाग, भानुभक्त ढकालको नेतृत्वमा पर्यटन प्रवद्र्धन विभाग, प्रवक्ता ज्ञवालीको नेतृत्वमा प्रचार विभाग, डाक्टर राजन भट्टराईको नेतृत्वमा विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा निर्वाचन विभाग र देवेन्द्र दाहालको नेतृत्वमा स्थानीय तह विभाग गठन गरिएको छ ।