मंगलवार, आश्विन १३ गते २०८३

टर्कीलाई हराउदै पोर्चुगल युरोकपको नकआउट चरणमा पुग्यो

आइतवार , आषाढ १०, २०८१

काठमाडौँ । पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए ।

यो पोर्चुगलको लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो । समुह एफ मा २ खेलमा दुवै जितसहित ६ अंक हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार