मंगलवार, आश्विन १३ गते २०८३

कोपा अमेरिकामा अमेरिकाले बोलिभयालाई हराउदै पहिलोे खेल जित्यो

सोमवार , आषाढ ११, २०८१

काठमाडौं । आयोजक अमेरिकाले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह सी अन्तर्गत सोमबार बिहान टेक्ससस्थित एटी एण्ड टी स्टेडियममा भएको खेलमा अमेरिकाले बोलिभयालाई २-० ले हरायो ।

अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले खेलको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । अमेरिकाको लागि पुलिसिकको यो ६९औं खेलमा ३०औं गोल हो ।

पुलिसिककै पासमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारेका थिए ।

एक गोल र एक असिस्ट गरेका पुलिसिक प्लेअर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार