काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिलाका ४४ वर्षीय तिर्थराज बोहरा भारतीय सीमावर्ती बजार वनबासाबाट बेपत्ता भएका छन् । सम्पर्कबिहीन रहेका बोहराले वनबासाबाट साउन १६ गते बिहान ८ वजे भारतीय नम्बरबाट घरमा फोन गरी घर पुग्न लागेको जानकारी गराएका थिए ।
तीन दिन अघि भारतको देहरादुनबाट घर फर्किइरहेका बोहोरा वनबासा सम्म पुगे पनि घर नपुगेको परिवारले जनाएको छ । बोहोरा घर नपुगेपछि खोजतलासका लागि परिवारले आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बोहरा सम्पर्कबिहीन भएको कुरा सुनेपछि बुझ्न इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीलाई वनबासातर्फ पठाउन लागिएको जानकारी दिए ।