मंगलवार, आश्विन १३ गते २०८३

अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुग्यो

बिहिवार , आषाढ १४, २०८१

काठमाडौं। दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो।

अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो।

दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले २९ र एडेन मार्क्रमले २३ रन जोडे। दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनल पुगेको हो।

त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन जोडेको थियो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।

२८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो। अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए।

रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार