मंगलवार, आश्विन १३ गते २०८३

इटली स्विट्जरल्याण्डसँग हार्दै युरो २०२४ बाट बाहिरियो

आइतवार , आषाढ १७, २०८१

काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।

नकआउट चरणको पहिलो खेलमै शनिबार राति  स्विट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्विट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।

बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एकरएक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार