मंगलवार, आश्विन १३ गते २०८३

स्पेनले जर्जियालाई पराजित गर्दै युरो २०२४ को अन्तिम ८ मा

सोमवार , आषाढ १८, २०८१

काठमाडौं । जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४-१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो ।

खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफमा बराबरीमै सकिएको खेलको दोस्रो हाफमा भने स्पेन हाबी भयो । थप तीन गोल गर्‍यो । ५१औं मिनेटमा फाबियन रुइजले हेडरमार्फत गोल गरे । ७५औं मिनेटमा निको विलियम्स र ८३औं मिनेटमा ड्यानी ओल्मोले थप एक गोल गरेपछि स्पेन ४-१ ले विजयी भयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार