काठमाडौं । भेनेजुएलाले कोपा अमेरिका २०२४ मा समूह सीका सबै तीन खेल जित्दै शतप्रतिशत जित निकालेको छ ।
यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको भेनेजुएलाले समूहको अन्तिम खेलमा सोमबारबिहान जमैकालाई ३-० ले हरायो । लगातार तीन खेल जित्दै भेनेजुएला समहू सी को विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ ।
टेक्ससस्थित क्यु टु स्टेडियममा भएको खेलमा भेनेजुएलाका लागि एडुअर्ड बेलोले ४९औं, सालोमोन रान्डोनले ५६औं र एरिक रामिरेजले ८५औं मिनेटमा गोल गरे ।