मंगलवार, आश्विन १३ गते २०८३

ब्राजिल र कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

बुधवार , आषाढ २०, २०८१

काठमाडौँ ।  ब्राजिल र कोलम्बिया कोपा अमेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ।

बुधबार बिहान भएको लिभाइज स्टेडियममा समूह चरणको अन्तिम खेलमा ब्राजिलले कोलम्बियासँग अंक बाँढेपछि दुवै टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो।

अंक बाँड्ने क्रममा दुवै टिमले १-१ गोल गरे।  

राफिन्हाले १२ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरूवाती अग्रता दिलाएका थिए।

कोलम्बियाले पहिलो हाफमै ब्राजिलसँग अंक बराबरी गरेको थियो।

ड्यानियल मुनजले पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरे।

समूह चरणको तीन खेलमध्ये २ जित र एक बराबरीसहित ७ अंक जोडेर कोलम्बिया समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको छ।

१ जित र २ बराबरी खेलेको ब्राजिल  ५ अंक जोडेर उपविजेता बन्दै क्वाटरफाइनल पुगेको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार