मंगलवार, आश्विन १३ गते २०८३

इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४को सेमिफाइनलमा

शुक्रवार , आषाढ २२, २०८१

काठमाडौं । इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

३५औ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लिओनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले मिलाएको पासमा लिसान्ड्रोले गोल गरेका थिए ।

दोस्रो हाफमा इक्वेडरले बराबरी गर्ने अवसर गुमायो । ६१औं मिनेटमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेर फर्कियो ।

अर्जेन्टिनाका रोड्रिगो डे पउलले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । तर गोल गर्न असफल रह्यो । अर्जेन्टिना भने यसमा भाग्यमानी बन्यो ।

तर इक्वेडरले इन्जुरी टाइममा बराबरी गोल फर्कायो । इक्वेडरका केभिन रोड्रिगेजले बराबरी गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, नाहुल मोलिना र निकोलस ओटामेन्डीले गोल गरे ।अर्जेन्टिनाका कप्तान लिणनल मेसीले प्रहार गरेको पहिलो पेनाल्टी क्रस बारमा लागेको थियो ।

अर्जेन्टिनाका गोलकिपर मार्टिनजेले इक्वेडरका सुरुवाती दुई पेनाल्टी हानेका एन्जल मेना र एलान मिन्डाको प्रहार बचाएका थिए ।

इक्वेडरका लागि जोन येबोअह र जोर्डी काइसेडोले मात्र पेनाल्टीमा गोल गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार