काठमाडौं । पानामालाई ५-० ले हराउदै कोलम्बिया कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अरिजोनास्थित स्टेट फार्म स्टेडियममा आइतबार बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले सहज जित निकालेको हो ।
कोलम्बियाले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्यो । उसका लागि जुवान कोर्डोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स रोड्रिगेजले १५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने लुइस डियाजले ४१औं मिनेटमा गोल गरे ।
यस्तै रिचार्ड रिओसले ७०औं र मिगुएल बवर्जाले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।