मंगलवार, आश्विन १३ गते २०८३

ब्राजिललाई हराउदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

आइतवार , आषाढ २४, २०८१

काठमाडौं ।  उरूग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।

आइतबार बिहान ब्राजिललाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्दै उरूग्वे सेमिफाइनलमा पुगेको हो।

टाइब्रेकरमा एडर मिलिटाओ र डगलस लुइज गोल गर्नबाट चुकेसँगै ब्राजिल क्वाटरफाइनलबाटै घर फर्किएको हो।

ब्राजिलका गोलकिपर एलिसनले उरूग्वेका जोश मारिया गिमिनेजको प्रहार रोकेपनि जितका लागि पर्याप्त भएन।

निर्धारित समयमा गोलरहित बराबरीको नतिजापछि खेल टाइब्रेकरमा पुगेको थियो।

७४ औं मिनेटमा नहितन नान्डेज रातो कार्ड खाएर बाहिरिएपछि उरूग्वे दस खेलाडीमा सिमित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार