काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ।
बुधबार बिहान मेटलाइफ स्टेडियममा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले गोल गरे।
अल्भारेजले २२ औं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए।
दोस्रो हाफको ५१ औं मिनेटमा लियोनल मेसीले अग्रता दोब्बर पार्दै अर्जेन्टिनालाई जिततर्फ उन्मुख गराएका थिए।
त्यसपछि दुवैतर्फबाट गोल नभएपछि अर्जेन्टिना विजयी भएको हो।
जारी प्रतियोगितामा अर्जेन्टिना अपराजित छ।